काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आजपनि बस्दैछ । हिजोदेखि शुरु भएको बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रस्तावहरुमाथि छलफल सुरु भएको छ । असोज १५ देखि १७ सम्मका लागि तय गरिएको विधान महाधिवेशनका लागि तीन वटा प्रस्ताव पेस गर्ने तयारी छ ।
हिजोको बैठकमा अमृत बोहरा, केशव बडाल, पुष्प कडेल, घनश्याम भुसाल र युवराज ज्ञवालीले विचार राखेका थिए ।
आज दिउसो बस्ने बैठकमा बाँकी स्थायी कमिटी सदस्यले आफ्नो सुझाव राखेर पारित हुने प्रतिवेदन ८ र ९ गते बस्ने केन्द्रीय कमिटी बैठकमा पेस हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
केन्द्रीय कमिटीमा आएका सुझावहरुलाई समेत समावेश गरी प्रतिवदेन असोज १५, १६ र १७ गतेको राष्ट्रिय विधान महाधिवेशनमा प्रस्तुत हुने भट्टराईको भनाइ छ ।