बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

देउवालाई ज्ञवालीको प्रश्न- कसको स्वार्थका लागि छिमेकी देशसँग सम्बन्ध बिगार्न खोजेको हो ?

शनिबार, असोज २ २०७८

काठमाडौँ l नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले वर्तमान सरकारले छिमेकी राष्ट्रसंगको सम्बन्ध बिगार्न खोजेको आरोप लगाउदै प्रधानमन्त्री शेरबहादुर देउवालाई कसको स्वार्थका लागि छिमेकी देशसँग सम्बन्ध बिगार्न खोजे भनि प्रश्न गरेका छन् l

शुक्रबार नयाँ किरण समूहले आयोजना गरेको नयाँ सरकारको कुटनीतिक अभिमूखिकरण सम्भाव्य विश्लेषण विषयक विचार गोष्ठिमा ज्ञवालीले सीमा लगायतका विषय निकालेर सरकारले छिमेकी राष्ट्रसँग कुटनीतिक सम्बन्ध बिगार्न खोजेको आरोप लगाएका हुन् ।

ज्ञवालीले भारतसँगको सीमा विवादलाई छाडेर चीनसँगको सीमा विवाद सिर्जना गर्न खाजेको तर्क गरे । समस्या भएको स्थानमा चूप बस्ने र समस्या नै नभएको ठाउँमा विवाद निकालेर सरकारले चीनसँग चिसोपना खडा गर्न खोजेको उनले बताए ।

ज्ञवालीले दार्चुलामा तुईन चुडाएर नेपाली बेपत्ता भएको घटना दुई महिना हुन लाग्दा पनि सरकारले भारतसँग कुटनीतिक प्रतिवाद गर्न नसकेको बताए । ज्ञवालीले छिमेकी मुलुक लगायत अन्य मुलुकसँगको सम्बन्ध नेपालको सार्वभौम समानताका आधारमा अघि बढाउनुपर्ने धारणा राखे ।