शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सभामुख पनि असन्तुष्ट

शनिबार, असोज २ २०७८

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आफू संसदको कार्यसम्पादनबाट असन्तुष्ट रहेको बताएका छन् । शनिबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले गरेको कार्यक्रममा बोल्दै सापकोटाले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने, ‘संसदको प्रभविकारिताको कुरा गर्ने हो भने म आफैं पनि पूर्ण सन्तुष्ट छैन ।’  संसदको कार्यसम्पादनमा धेरैभन्दा धेरै सुधार गर्नुपर्ने उनको तर्क रहेको छ ।

उनले आफ्नो २ वर्षको कार्यकालमा संसदबाट भएको काममा धेरै कमजोरीहरु अनुभव गरेको बताए । उनले संसदको कार्यसम्पादनको स्तरबाट हेर्दा लोकतन्त्र कमजोर भएको उल्लेखसमेत गरे ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू संसदको कामबाट असन्तुष्ट रहेको भन्दै संसद विघटन गरेका थिए ।