शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

प्रदेश दुईले संविधान दिवस नमाउने, सेलिब्रेट गर्ने समय आइनसकेको मुख्यमन्त्री राउतको भनाई

शनिबार, असोज २ २०७८

काठमाडौं । प्रदेश २ सरकारले यस वर्ष पनि संविधान दिवस नमाउने भएको छ । संविधानलाई स्विकार नगरिसकेको भन्दै प्रदेश दुई सरकारले यसअघि पनि लगातार संविधान दिवस बहिष्कार गर्दै आएको छ ।  

अघिल्ला दुई वर्ष तत्कालीन मधेशी जनअधिकार फोरम र राष्ट्रिय जनता पार्टी राजपा को संयुक्त सरकार हुदा देखि नै संविधान प्रति दुई नम्बर प्रदेशले विमती राख्दै आएको थियो ।

प्रदेश दुईमा सत्ता गठबन्धनमा रहेका यि दुई पार्टी अघिल्लो वर्ष एकीकृत भएर जसपा बनेका थिए । अहिले जसपा पनि फुटिसकेको छ । जसपा फुटेसँगै प्रदेश दुई सरकारबाट तत्कालिन राजपा पनि बाहिरिएको छ । तत्कालिन राजपा अहिले लोकतान्त्रिक समाजवादी पार्टी बनेको छ ।  
प्रदेश दुईको सरकार नेतृत्वकर्ता दल जसपाले भने यहि संविधानलाई मान्दै आएको कांग्रेस र माओवादीलाई आफ्नो सरकारमा समावेश गराएको छ ।

तर पनि यो सरकारले  संविधान दिवस नमनाउने भएको छ । मुख्यमन्त्री लालबाबु राउतले संविधान दिवस यसपटक पनि नमनाउने बताए । राउतले संविधान दिवस मनाउने समय आइनसकेकाले सेलिब्रेट पनि नगर्ने विरोध पनि नगर्ने भन्दै मौन बस्ने बताए । यहि संविधानलाई मानेर सरकार चलाइरहेको दलले संविधान दिवस नमनाउदा गठबन्धन भित्रका दलहरुबीचको एकता खलबलिने देखिएको छ ।