काठमाडौं । नेकपा (एमाले)को विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले आज नया नेतृत्व चुन्ने भएको छ ।
आज बस्ने सचिवालय बैठकले अनेरास्ववियुको नेतृत्व पुनर्गठन गर्ने भएको हो । आगामी चैतमा राष्ट्रिय महाधिवेशन गर्ने भएकाले सो अगावै नेतृत्वको पुर्नगठन गर्न लागिएको हो । यसकालागि तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बैठक बोलाइएको छ ।
महाधिवेशन कसले गराउने भन्नेमा पदाधिकारीबीच नेतृत्वमा पुग्ने तिब्र प्रतिष्पर्धा देखिएको छ । हालका उपाध्यक्ष रश्मी आचार्य, महेश बर्तौला, सुनिता बराल र सचिव आरसी लामिछानेले आकांक्षा देखाएका छन् । यी चार जनामध्येबाट नै एक जनालाई नेतृत्वको जिम्मेवारी दिईने तयारी छ ।
यद्यपी पार्टी अध्यक्ष केपी ओलीले भने बराललाई नेतृत्व दिने रुचि देखाएका छन् ।
त्यस्तै बैठकले संगठनका अन्य पदाधिकारी, स्थायी कमिटी, सचिवालय र केन्द्रीय कमिटीमा सदस्यहरूको पनि टुंगो लगाउनेछ। संगठनका अध्यक्ष ऐन महरसहितका बिदा हुने उपाध्यक्षहरुलाई पार्टीको प्रदेश कमिटीमा जिम्मेवारी दिने गरी संगठनको पुनर्गठन गर्न लागिएको संगठनले जनाएको छ ।