शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

काठमाडौंका वडा अधिवेशन असोज ५ मा

शनिबार, असोज २ २०७८

काठमाडौं । नेपाली कांग्रेस काठमाडौँको वडा अधिवेशन असोज ५ गते हुने भएको छ । सबैभन्दा धेरै निर्वाचन क्षेत्र र क्रियाशील सदस्यता रहेको काठमाडौँको सदस्यता विवाद मिलेसँगै कांग्रेस काठमाडौँ जिल्ला समितिको बैठकले आगामी मंगलबार वडा अधिवेशन  गर्ने निर्णय गरेको हो ।

कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले पार्टीको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुङ्ग्याएर जिल्लालाई पठाइसकेकाले वडा अधिवेशन गर्न लागेको बताए ।

काठमाडौँमा १० निर्वाचन क्षेत्र र २० प्रदेश निर्वाचन क्षेत्र छन् । काठमाडौँ महानगरपालिकासहित ११ स्थानीय तह रहेको काठमाडौँमा १ सय ३८ वडा छन् । काठमाडौँमा कांग्रेसको ३० हजारभन्दा बढी क्रियाशील सदस्य छन् ।