बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जालझेल आवश्यक छैन, जेठ २ बाट अगाडि बढौं : अष्टलक्ष्मी शाक्य

बिहिबार, भाद्र ३१ २०७८

काठमाडौँ l नेकपा एमाले उपाध्यक्ष एवं बाग्मतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओलीलाई जालझेल नगरी अन्तरपार्टी निर्देशन पालना गर्न आग्रह गरेकी छन्।

उनले सहमति अनुसार २०७५ जेठ २ मा फर्किएर अघि बढ्न आग्रह गरेकी छन्। उनले भनिन्, ‘हिजो छाती कमजोर थियो। आज छाती बलियो बनाउनुपर्छ। अन्तरपार्टी निर्देशन अक्षरशः पालना गर्नुपर्छ।’

उनले नेकपा एमालेले बिहीबार काठमाडौँमा आयोजना गरेको बृहत् कार्यकर्ता भेलामा नेकपा एमालेलाई बचाउन आवश्यक रहेको बताइन्। भेलामा अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, इन्चार्ज रामबहादुर थापा बादललगायत सहभागि छन्।