बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

वाइसीएलसँग अन्तरङग तस्बिर विवादमा तानिएकी सांसद बिमलाले किन चालिन् यस्तो कदम? 

बिहिबार, भाद्र ३१ २०७८

काठमाडौँ । माओवादी कार्यकर्ता एकराज बस्नेतसँगको अन्तरङ्ग तस्बिर सार्वजनिक भएपछि विवादमा तानिएकी लुम्बिनी प्रदेशकी सांसद बिमला ओलीले एमाले नेता तथा पूर्वमुख्यमन्त्री शंकर पोखरेलविरूद्ध उजुरी दिन बाध्य भएको बताएकी छन्। 

पहिला नदिने मुडमा भए पनि नीजि र राजनीतिक जीवनमा दख्खल दिएपछि अपहरणको उजुरी दिनु परेको उनले बताए। दुई छोरा रहेकी बिमला विवादमा तानिएपछि परिवारले अदालतमा मुद्दा समेत हालेको विवरण सार्वजनिक भएका थिए। 

दुई नाबालक छोराहरु प्रणय र दिवाकर ओलीका तर्फबाट बिमलाविरुद्ध जेठाजु अमरबहादुर ओलीले जिल्ला अदालतमा अंश मुद्दा दायर गरेका थिए। यसपछि भने बिमला पनि प्रतिक्रियामा उत्रिएकी छन्। 

पोखरेलसहित चार जनाविरूद्ध अपहरणको उजुरी दिनुको कारण खुलाएकी हुन्। पोखरेलसहित भूमिश्वर ढकाल, पोखरेलको निजी सचिवालयका तिरन गौतम र एमाले दाङका नेता मानबहादुर रावतविरुद्ध ओलीले प्रहरीमा शरिर बन्धक तथा अपहरण मुद्दामा उजुरी दिएकी थिइन्। ओलीले उजुरीमा दाङ गएको बेला अपहरण गरी साउन १५ देखि ५ दिन बन्धक बनाएको उल्लेख गरेकी छन्। दाङ प्रहरीले भने उजुरी पुगेको स्पष्ट गरिसकेको छैन।