शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

प्रचण्डको आक्रोश

बुधबार, भाद्र ३० २०७८

काठमाडौँ l नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा जनता भन्दा पनि माथिल्लो नेतृत्व बिग्रिएको भनि आक्रोश पोखेका छन् । 

वुधवार माओवादी नेता पोष्टबहादुर बोगटीको सातौं स्मृति सभाका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आन्दोलनमा लाग्ने जनता न बिग्रिएको तर आफूहरु बिग्रिएको आक्रोश पोखेका हुन् । कार्यक्रमा बोल्दै उनले थपे, ‘क्रान्ति आन्दोलनमा जाने भनेपछि जुर्मुराएर उठ्ने पंक्ति पनि यही पार्टीभित्र रहेको पनि देखेँ । लाखौंको संख्यामा सडकमा आउन तयार रहेछन् । जनता बिग्रिएका पनि होइनन्, कार्यकर्ता पनि होइन, बिग्रिएका हामी माथिका नेताहरु मात्रै रहेछौं । गुट बनाउँदा फाइदा हुन्छ भन्ने नेतृत्व पंक्ति मात्रै बिग्रिएको रहेछ भन्ने अहिले पुष्टि भएको छ ।’

माओवादी पार्टी फेरि देशमा एक नम्बर पार्टी बन्नेसमेत उनले दावी गरे, शान्ति प्रक्रियापछि माओवादी ५–७ सिटमात्र जित्छ भन्ने हल्ला चलाए पनि एक नम्बर पार्टीको उल्लेख गर्दै फेरि पनि एक नम्बर पार्टी बन्ने प्रचण्डले बताए ।

प्रचण्डले अर्को प्रसंगमा फेरि सडक आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्नेसमेत बताए । उनले संविधान संशोधनका लागि सडकमा जानुपर्ने संकेत गरे । उनले संविधान जारी गर्दा नै आफूहरुको फरकमत रहेको स्मरण गर्दै संविधान संशोधन आवश्यक रहेको जिकिर गरे ।