काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलवार सिटीजन्स बैंक इन्टरनेशनलको शेयरमा उच्च खरीद माग रहेको छ ।
कारोबारमा आएका १९१ ओटा कम्पनीमध्ये उक्त कम्पनीको शेयरमा ७ लाख ४९ हजार १८३ कित्ता शेयर खरीद माग रहेको हो ।
समाचार तयार पार्दासम्म कम्पनीको शेयर खरीदविक्री प्रतिकित्ता रू. ४०६ मा भइरहेको छ ।