शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

एभरेष्ट बैंकद्वारा “एभरेष्ट उत्सवमय अफर“ सार्वजनिक

मंगलबार, भाद्र २९ २०७८

काठमाडौँ l एभरेष्ट बैंकले आउदै गरेको नेपालीहरुको महान् चाडलाई ध्यानमा राख्दै “एभरेष्ट उत्सवमय अफर ल्याएको छ । यस अन्तर्गत सबै क्षेत्रलाई समेट्दै, घर भाडा भन्दा सस्तो घर कर्जा, स्वरोजगार तथा उद्यमीको लागि साना तथा मझौला उद्योग कर्जा,आफ्नै सावारी साधनको लागि गाडी तथा मोटरसाइकल कर्जा, तथा व्यक्तिगत प्रयोजनको लागि व्यक्तिगत कर्जा, योजना ल्याएको छ । 

बैकका अनुसार यही २७ गते देखि लागु भएको यस कर्जा योजनामा घर कर्जा सात दसमलव ४८ प्रतिसत, साना तथा मझौला उद्योग कर्जा सात दसमलव २४ प्रतिसत, गाडी कर्जा छ दसमलव ८८ प्रतिसत, मोटरसाइकल कर्जा सात दसमलव ९९ प्र्रतिसत तथा व्यक्तिगत कर्जा सात दसमलव ९९ प्रतिसत ब्याजदरमा उपलब्ध हुनेछ ।

यस कर्जा योजनाबाट उत्सवलाई झनै उत्सवमय बनाउनका निम्ति, ग्राहकहरुका लागि अतुलनीय योजनाहरु प्रस्तुत गरी यस चाडपर्वलाई कर्जा लिने सहि समय बनाएको बैकले जानकारी दिएको छ ।