बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपाल बंगलादेशसँग बराबरीमा रोकियो

सोमबार, भाद्र २८ २०७८

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा  बंगलादेशसँग बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा नेपाल बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएको हो । नेपालले बंगलादेशसँग दोस्रो पटक बराबरी खेलेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा बंगलादेशले सुरुवातमै गोलको अवसर गुमाएको थियो ।

आजको खेलमा गीता राना मोस्ट भ्यालुएबल खेलाडी घोषित भईन् । एएफसी महिला एसियन कप २०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग दुईवटा मैत्रीपूर्ण खेल खेलेको हो ।

बिहीबार भएको पहिलो खेलमा भने नेपालले २- १ को जित निकालेको थियो । एएफसी महिला एसियन कप-२०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुनेछ ।

छनोटमा नेपाल समूह एफ मा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ।