शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

हिंस्रक अभिव्यक्तिले बिख्यातितिर लम्किएकी एमाले सांसद

आइतबार, भाद्र २७ २०७८

काठमाडौँ l प्रतिनिधि सभामा नेकपा एमालेको विरोधको कार्यक्रम चलिरहेको छ। तैपनि सभामुख अग्नी सापकोटाले बैठकलाई बिरोध र नाराबाजीबीच सञ्चालन गर्दै आएका छन्। 

शुक्रबारको बैठकमा एमाले सांसद केही उग्र भए जतिबेला अर्थमन्त्री जनार्दन शर्मा बजेट प्रतिस्थापन विधयेक पेस गरिरहेका थिए। मार्सलले छेक्दा पनि काँध–काँधमा पुगेका सांसदहरू रोष्टमतिर लम्किने प्रयत्न गरेका थिए। 

प्रतिनिधि सभा सदस्य गंगा चौधरी, रेखाकुमारी झालगायत यसरी रोष्टमतिर लम्किएका थिए। तर, मार्सलले उनीहरुलाई बढ्न दिएनन्। बैठक सकिएपछि भने गुमनाम रहेकी सांसद झा अभिव्यक्तिका कारण बिख्यातीतिर लम्किएकी छन्। 

उनले माइकले सभामुख सापकोटालाई हिर्काउने कोशिश गरेको अभिव्यक्ति दिएपछि चर्चामा छिन्। उनले भनेकी छन्,‘सभामुखलाई हिर्काउने उदेश्य थियो। यस्तो पनि संसदीय गतिविधि हुन्छ?’

सांसद झा यसअघि मिडियालगायतमा चर्चामा रहेकी थिइनन्। उनको हिंस्रक अभिव्यक्तिका कारण शुक्रबार दिनभर अनलाइन मिडिया, भिडिओ र केही टेलिभिजनमा पनि उनी खुलेर सभामुखविरुद्ध आक्रामक रुपमा प्रस्तुत भइन्। 

‘सांसद सदस्यको संयमता नै नहुने भयो। यस्तो हिंस्रक अभिव्यक्तिले त कसरी काम चल्छ? यो संसदीय मर्यादा नै भएन’, एक प्रतिनिधि सभा सदस्य भन्छन्,‘एमाले जस्तो सदनको ठूलो पार्टीका सांसद र संसदीय अभ्यासमा अनुभव भएको पार्टीमा कस्ता नेता बनिरहेका छन्?’