शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

किन बोलायो एमालेले संसदीय दलको बैठक ?

आइतबार, भाद्र २७ २०७८

काठमाडौं । सभामुखको भूमिकासग असुन्तुष्टि राख्दै  लगातार संसद बैठक अबरोध गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा आफ्नो नयाँ रणनीति तय गर्ने भन्दै संसदीय दलको बैठक बोलाएको छ । संसद बैठक बस्नु अघि एमालेको संसदीय दलको बैठक बस्दै छ ।

मध्यान्ह १२ बजे बस्ने दलको बैठकमा सभामुख र सरकारविरुद्ध थप रणनीति तय गर्ने बताईएको छ । सरकारले जबर्जस्ती बजेट प्रतिस्थापन विधेयक ल्याएर प्रतिपक्षको सम्मान नगरेको एमालेको आरोप छ ।  एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार सदनमा एमालेका सांसदहरुको भूमिकालाई थप स्पष्ट गर्न बैठक बोलाइएको हो ।

एमालेले संसदभित्र कुनै अप्रिय घटना भए सभामुख र सत्तापक्षले जिम्मा लिनु पर्ने चेतावनी दिएको छ । एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाइरहँदा सभामुखले प्रमुख प्रतिपक्षीसंग संवाद समेत नगरी संसदका कारबाही अघि बढाउँदै आएका छन् ।