बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

संसोधन नगरी एमसीसी सम्झौता अनुमोदन गर्न नसकिने एमालेको निश्कर्ष

शनिबार, भाद्र २६ २०७८

काठमाडौं । नेकपा एमालेले अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)परियोजना जस्ताको तस्तै हुबहु पास गर्न नहुने निश्कर्ष निकालेको छ । एमसीसीलाई संसोधन गरेर अनुमोदन गर्न सकिने निश्कर्षमा एमाले पुगेको हो । 

तत्कालीन नेकपाको कार्यदलले दिएको ‘संशोधनसहित एमसिसीलाई अगाडि बढाउने’ सुझावमा एमाले अडिग रहेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । एमसिसीमा भएका कतिपय व्याख्याहरुलाई पुनर्व्याख्या गर्नुपर्नेमा पार्टी रहेको भट्टराईले बताए ।  
एमसीसीलाई राष्ट्रिय हित अनुकूल बनाउनका लागि आवश्यक संशोधन गर्नु पर्ने नेकपाको तीन सदस्यीय कार्यदलको निर्णय रहेको भन्दै अहिले पनि एमाले त्यही अडानमा कायम रहेको उनको भनाई थियो ।  

एमसिसीको बारेमा संसदीय दलमा व्यापक छलफल भएको बताउँदै भट्टराईले एमसिसी अघि बढाउने नबढाउने सरकारको हातमा रहेको बताए।