शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

गृहजिल्ला पुगेर महामन्त्री कोइरालाद्वारा सभापतिमा उम्मेद्वारी घोषणा

शनिबार, भाद्र २६ २०७८

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले १४औं महाधिवेशनका लागि सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । नवलपरासी पुगेर कोइरालाले  सभापतिमा उठ्ने घोषणा गरेका हुन् ।  देवचुलीमा  वीपी स्मृति भवन उद्घाटन गर्दै महामन्त्री कोइरालाले औपचारिक घोषणा गरेका हुन् ।

उनले भने ,- जसरी गिरिजाप्रसाद कोइरालाले गृहजिल्ला मोरङको विराटनगर पुगेर सभापति उम्मेदवारी घोषणा गर्नुहुन्थ्यो, त्यसैगरी मैले पनि गृहजिल्ला नवलपुरबाट सभापति पदका लागि औपचारिकरुपमा उम्मेदवारीको  घोषणा गरेको हु ।

महमन्त्री कोइरालाले कांग्रेस कहिलै नहार्ने पार्टी रहेको भन्दै पार्टीभित्र कुनै कलहको आवश्यकता नरहेको बताए । कोइरालाले आफ्नो उम्मेद्वारी फिर्ता लिनकालागि नभई जित्नका लागि भएको दाबी गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका गण्डकी प्रदेशका सासंद विष्णु लामिछानेले कांग्रेसमा अहिले युवाको आकर्षण देखिएको भन्दै पार्टीले युवाहरूलाई अवसर दिनु पर्ने बताए ।