शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्ष सुमारबीच भेटवार्ता, राष्ट्रिय सहमति कायम गर्ने आश्वासन

शनिबार, भाद्र २६ २०७८

काठमाडौं । नेपाल भ्रमणमा रहेकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फतेमा सुमारले आज प्रधानमन्त्री शेरवहादुर देउवालाई भेटेकी छन् । । प्रधानमन्त्रीलाई भेट्न सुमार नेतृत्वको टोली अपरान्ह बालुवाटार पुगेको थियो । भेटमा नेपालको आर्थिक रूपान्तरणमा त्यसको एमसीसीको भूमिकाका बारेमा सुमारले प्रधानमन्त्रीलाई ब्रिफिङ्ग गरेकी थिईन् ।

जवाफमा प्रधानमन्त्री देउवाले राष्ट्रिय सहमति कायम गरेर एमसीसीलाई अघि बढाउने सरकारको योजना रहेको बताएका थिए ।  सुमारसँग भएको भेटपछि ट्विट मार्फत देउवाले  एमसीसी सम्झौता लगायत नेपाल र अमेरिकाबीचको द्धिपक्षीय साझेदारीबारे छलफल भएको जनाएका छन् ।  

 

एमसीसीका विषयमा अन्य दलहरुले सरकारको धारणा पर्खिरहेका छन् ।  अर्थ मन्त्रालयले  भोलि विहान सरकारको आधिकारिक धारणा सार्वजनिक गर्ने बताएको छ ।  

नेपालको भौतिक पूर्वाधार परियोजना कार्यान्वयन गर्ने रु ५५ अर्बको कम्प्याक्टमा सैन्य अंश नभएको प्रस्ट्याउन, अर्थ मन्त्रालयले गरेका प्रश्नको सम्बोधन तथा अस्पष्टता हटाउन र नेपाली जनताबाट एमसिसीबारे जानकारी लिन उपाध्यक्ष सुमार नेतृत्वको टोली बिहीबारदेखि नेपाल भ्रमणमा छ । 

सम्झौता कार्यान्वयनका निम्ति चाल्नुपर्ने भावी कदमबारे उच्च राजनीतिक नेतृत्व, विभिन्न सरकारी अधिकारी, व्यापारिक तथा सामुदायिक नेतृत्वसँग छलफल गर्न सुमार नेतृत्वको टोली नेपाल आएको हो । टोलीले लगभग सबैसग छलफल गरिसकेको छ । टोली अझै दुई दिन नेपालमै रहने बताईएको छ ।

टोलीले आज एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल,  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग छुट्टा छुट्टै भटेको छ ।  आजै सो टोलीले नेपाली काङ्ग्रेसका अन्य नेताहरूसँग पनि छलफल गरेको छ । 

एमसीसीका विषयमा नागरिक स्तरबाट विरोध भइरहदा सुमारले सबैसगको भेटमा सम्झौता संसदबाट पारित गर्न दबाब दिदै आएको बताइन्छ ।