काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टीको स्थानीय तहको अधिवेशनको कार्यतालिका हेरफेर गरेको छ । अहिलेसम्म वडा अधिवेशन गर्न बाकी रहेका गाउ र नगरको वडा अधिवेशन आगामी असोज ५ गते हुने भएको छ ।
अहिलेसम्म २० जिल्लाका विभिन्न गाउ र नगरका वडा अधिवेशन हुन सकेका छैनन् । त्यस्तै, गाउँ नगरपालिका अधिवेशन असोज ९ गते हुने भएको छ । यसअघि भदौ २७ मा हुने भनेकोमा अब असोज ९ मा मात्रै अधिवेशन हुने भएको हो ।
यसैगरी, प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज १२ गते हुने भएको छ ।