शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

क्रिप्टोकरन्सीको कारोवार नगर्न राष्ट्र बैंकको निर्देशन

शुक्रबार, भाद्र २५ २०७८

काठमाडौँ l क्रिप्टो करेन्सीको कारोवार नगर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । यस्तो कारोवार नेपालमा गैरकानुनी भएको जानकारी दिंदै राष्ट्र बैंकले बिहिबार यस्तो निर्देशन दिएको हो । 

कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीहरुको कारोवार, प्रयोग, माईनिङ गैरकानुनी रहेकाले यस्ता प्रकारका क्रिप्टोकरेन्सीहरुको कारोवार, प्रयोग र माईनिङ नर्गन र नगराउन बिदेशी बिनिमय नियमित गर्ने ऐन २०१९ अनुसार आग्रह गरेको हो ।

हालका दिनहरुमा क्रिप्टोकरेन्सीकोहरुको कारोवार, प्रयोग र माईनिङ जस्ता कार्यमा संलग्न हुन प्रोत्साहन गर्ने, गराउने समेत गरेको पाईएको र त्यस्तो कार्यबाट सर्वसाधारणहरु ठगिएको र ठगिन सक्ने देखिएको भन्दै राष्ट्र बैंकले यस्तो कारोवार नर्गन आग्रह गरेको हो । यदि यस्तो गरिए कानुन बमजोमि सँजाय हुने l