शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सत्तारुढ ४ दलको बैठक बालुवाटारमा, सरकार विस्तारमा अझै अनिर्णित

बिहिबार, भाद्र २४ २०७८

काठमाडौ । मन्त्रीपरिषद विस्तारमा ठोस निर्णय गर्न नसकेका सत्तारुढ चार दल आज पनि छलफलमा जुटेका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको नेताहरुले बताएका छन् ।

सत्ता नेतृत्वकर्ता दल नेपाली कांग्रेस बाहेक मुख्य तीन दलको बैठक बसेर प्रधानमन्त्री सहितको छलफलकालागि  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बालुवाटार पुगेका हुन् ।

चार दलको बैठक अघि प्रधानमन्त्री शेरवहादुर देउवा र प्रचण्डबीच वान टु वान वार्ता भएको थियो ।  नेकपा समाजवादी र जसपाबीच मन्त्रालयका विषयमा विवाद देखिदा सरकार विस्तारमा ढिलाई भइरहेको छ । पछिल्लो समय सरकार विस्तारकालागि दौडधुप बढाएका प्रचण्डले प्रधानमन्त्रीसगको भेट अगाडी नेपाल र यादवसग छुट्टै छलफल गरेका थिए ।  

सत्तारुढ दलका शीर्ष नेताहरुबीच मन्त्रिपरिषद विस्तार, एमसीसी लगायतका विषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ। एमसीसीका विषयमा सत्तारुढ गठबन्धन भित्रै एक मत नहुदा गठबन्धनमा खटपट भएको चर्चा सुरु भएको छ ।

माओवादी केन्द्रले एमसीसी संसोधन नगरी अनुमोदन गर्न नहुने बताउदै आएका छन् ।  २२ गते दल रोज्न दिएको समय सकिनासाथ सरकारले पूर्णता पाउने नेताहरुले बताए पनि अहिलेसम्म सरकार विस्तार हुन सकेको छैन ।

सरकार विस्तारमै अलमलिएका सत्तारुढ दलबीच अब एमसीसीमा एक मत हुनु पर्ने बाध्यता आइपरेको छ । एमसीसीका विषयमा सत्तारुढ दलबीच देखिएको मतभेदसगै सरकारको आयु समेत मापन गर्न थालिएको छ ।  देउवा नेतृत्वको गठबन्धन सरकार बनेको दुई महिना हुनै लाग्दासमेत सरकारले पूर्णता पाउन सकेको छैन।