शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

एमाले सांसदको नाराबाजीकैबीच राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा पेश, शुक्रबारसम्मका लागि बैठक स्थगित

बिहिबार, भाद्र २४ २०७८

काठमाडौं । नेकपा एमालेको अवरोध र नाराबाजीकै बीच राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधि सभामा पेस भएको छ । एमालेका सांसदले चर्को नाराबाजी गरे पनि गृह मन्त्री बालकृष्ण खाणले अध्यादेश पेस गरेका हुन् । अध्यादेश पेस भएसँगै संसद्को बैठक आउँदो शुक्रवारसम्मका लागि स्थगित भएको छ ।

यसअघि एमालेका सांसदले अवरोध गरेपछि संसद् बैठक आज दुई पटकसम्म स्थगित भएको थियो । आजको तेस्रो बैठकमा गृह मन्त्रीले अध्यादेश पेस गरेका हुन् ।

एमालेले बर्खास्त गरेका १४ जना सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेका सांसदहरूले बैठक सुरु हुनासाथ उठेर विरोध गर्दै बैठक चल्न दिएका थिएनन् ।

एमाले सांसदको नाराबाजीकै बीचमा सभामुखले आफूले संविधानले दिएको अधिकारअनुसार काम गरेको जवाफ दिँदै एमालेका सांसदहरूलाई संसद् बैठकभित्र के बोल्ने र के नबोल्ने भनेर मर्यादा कायम राख्न स्मरण गराएका थिए । 

यसैबीच संसद् बैठक भदौ २५ गतेसम्मका लागि स्थगित भएको छ ।