शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्सेमा आज पनि भिषण पहिरो, सबै सुचक रातै

बुधबार, भाद्र २३ २०७८

काठमाडौँ l नेप्सेमा आज बुधबार पनि भिषण पहिरो गएको छ । नेप्से आज ६० दसमलव दुई अंकले घटेर दुई हजार आठ सय ७६ दसमलव ५९ अंकमा पुग्दा सेन्सिटिभ पनि ११ दसमलव ९१ अंकले घटेर पाँच सय ३६ दसमलव ५१ अंकमा पुगेको छ ।

दुई सय २५ वटा कम्पनीहरुको ७४ हजार आठ सय ९० पटकको कारोवारमा एक करोड ६१ लाख ४८ हजार छ सय ५२ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम छ अर्ब ६४ करोड ६६ लाख २३ हजार चार सय २७ रुपैयाँ पुगेको छ । 

१३ वटा समुहको कारोवार हुदा आज सबै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ३१ दसमलव ९६ अंकले घटेर एक हजार नौ सय ३३ दसमलव ६६ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि ५३ दसमलव ३५ अंकले घटेर तीन हजार दुई सय ९१ दसमलव ९१ अंकमा पुगेको छ ।

यि बाहेक बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहरुको सुचक पनि घटेकाछन । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा सुर्या लाईफ इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा लाईफ इन्स्योरन्स कर्पोरेसन नेपाल लिमिटेड पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज युनाईटेड मोदी हाईड्रो पावर कम्पनी पहिलोे स्थानमा परेको छ ।