बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

व्यवसायिक  निरन्तरता कर्जा साढे १ प्रतिशत पनि गएन, साना व्यवसायिलाई बैंकको असहयोग

मंगलबार, भाद्र २२ २०७८

काठमाडौँ । कोरोना महामारीका कारण आफ्ना कर्मचारीलाई तलब खुवाउन पनि नसकेकाहरुलाई व्यवसासयिक निरन्तरता कर्जा दिने भनेर नेपाल राष्ट्र बैंकले गत वर्षको मौद्रिक नीतिमा नै यो व्यवस्था गरेको थियो । तर, यस्तो कर्जा कार्यान्वयनमा आएको १ वर्ष बित्दासम्म जम्मा ७२ जना ऋणीले मात्रै यस्तो कर्जाको उपयोग गरेका छन् ।

नेपाल राष्ट्र बैंकले व्यवसायिक  निरन्तरता कर्जा प्रदान गर्नका लागि ५० अर्बको कोषको व्यवस्था गरेको छ । जसबाट अहिलेसम्म जम्मा ७३ करोड ६८ लाख रुपैयाँमात्र उपयोग भएको छ । अर्थात एक वर्षमा यस्तो कोषबाट  साढे १ प्रतिशत पनि रकम  गएको छैन  ।

एक त सुरुमा नेपाल राष्ट्र बैंकले यसलाई कार्यान्वयनमा ल्याउन नै ढिलाई गर्याे । मौद्रिक नीति आएको करिब ५ महिना पछि मात्रै यसको कार्यविधी बन्यो । जबकी व्यवसायीलाई यस्तो कर्जाको आवश्यकता गत वर्षको मौद्रिक नीति आउनु अगावै नै परेको  थियो । किनभने कैयन साना कम्पनी तथा उद्योगहरुले गत वर्षको चैत देखि नै कर्मचारीलाई तलब खुवाउन सकेका  थिएनन् ।

यो कार्यान्वयनमा आएको भएपनि अन्य कर्जामा जस्तो कागजात मिलाउन बैंकका कर्मचारीले सहयोग नगरेको व्यवसायिको गुनासो छ ।

सहुलियतपूर्ण कर्जा र पुनरकर्जा लिन पाउनेले व्यावसायिक निरन्तरता कर्जा उपयोग गर्न पाउँदैनन् जसका कारण पनि यो कर्जा खासै प्रभावकारी हुन नसकेको हो  ।

कोभिड–१९ प्रभावित क्षेत्रका उद्योग व्यवसायको पुनरुत्थानका लागि व्यावसायिक निरन्तरता कर्जा शुरु गरिएको भएपनि उक्त कर्जा लिन पूरा गर्नुपर्ने मापदण्ड तथा प्रक्रिया पूरा गरी कर्जा लिन व्यवसायीलाई समस्या भएको छ । यस्तो कर्जा लिनका लागि बैकबाट कर्मचारीलाई तलब खुवाएको हुनुपर्ने जस्ता प्रमाण साना व्यवसायीले बैंकलाई पेस गर्न सकेका छैनन् ।

यसका साथै अन्य कागजात पुरा गर्न नसक्ने साना व्यवसायीलाई बैंकका कर्मचारीले अन्य कर्जामा जस्तो खासै सहयोग पनि गरेका छैनन् । बिशेषगरि बैंकलाई थोरै मात्रै नाफा हुने भएकाले बैंकका कर्मचारीले समेत यसमा खासै चासो दिदैनन् ।

महामारीबाट अति प्रभावितलाई १० करोड, मध्यमलाई सात  र न्युन प्रभावितलाई ५ करोड दिने कार्यविधिमा उल्लेख छ ।

राष्ट्र बैंकको अनुसार व्यावसायिक निरन्तरता कर्जा अहिलेसम्म १२ वटा वाणिज्य बैंक र एक फाइनान्स कम्पनीले मत्रै प्रवाह गरेका छन् । सिटिजन्स, एनएमबि, मेगा, सिभिल, सेञ्चुरी, सानिमा बैंक नेपाल इन्भेष्टमेन्ट, हिमालयन, एभरेष्ट, बैंक अफ काठमाण्डू, सिद्धार्थ, ग्लोबल, र गुडविल फाइनान्सले कर्जा प्रवाह गरेको नेपाल राष्ट्र बैंक बताउँछ ।