बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ओलीको रिट प्रधानन्यायाधीशकै इजलासमा, के आउला फैसला ?

मंगलबार, भाद्र २२ २०७८

काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको मुद्दाको पेसी फेरि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा तोकिएको छ ।

यसअघि आइतबार पनि प्रधानन्यायाधीश राणाकै इजलासमा तोकिएको थियो । तर त्यो दिन ‘हेर्न नभ्याइएको’ भन्दै सुनुवाइ हुन सकेको थिएन । राणाको इजलासमा मंगलबार १० वटा रिट छन् । ओलीका तीन वटा रिट अन्तिममा राखिएको छ ।

नयाँ दल दर्ताविरुद्ध ओलीले वारेसनामामार्फत भदौ १७ गते तीन वटा रिट दर्ता गराएका थिए । रिटमा एमालेले कारबाही सिफारिस गरेका १४ सांसदलाई पदमुक्त गर्न पत्राचार गरिसकेको अवस्थामा निर्वाचन आयोगले मान्यता दिएर नयाँ पार्टी दर्ता गर्नु असंवैधानिक रहेको जिकिर गरिएको छ ।

रिटमा सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग, नेता नेपालसहित १४ सांसद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई विपक्षी बनाइएको छ । रिटमा एमालेले १४ सांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश पनि माग गरेको थियो । यसअघि शुक्रबार यो मुद्दाको पेशी न्यायाधीश मीरा खड्काको एकल इजलासमा चढेको थियो । शुक्रबार बेञ्च बस्न नभ्याएकाले सुनुवाइ भएको थिएन ।