शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

अर्बौ लगानीमा सुमार्गी ग्रूपको हस्पिटालिटी यात्रा, ८० प्रतिशतभन्दा बढी सकिइसक्यो

मंगलबार, भाद्र २२ २०७८

काठमाडौँ । कोरोना महामारीले सिथिल भनाएको हस्पिटालिटी क्षेत्रमा सुमार्गी ग्रूप अफ इन्डस्ट्रिज एकैफेर अर्बौको लगानी गर्ने भएको छ ।

महामारीलाई पश्चातको बजारीकरणलाई मध्यनजर गर्दै सुमार्गी ग्रूपले अवसरका रूपमा लिँदै  हस्पिटालिटी क्षेत्रमा एकैफेर यति ठूलो लगानी गर्ने भएको हो ।

सुमार्गी ग्रूपले करीब ७ अर्बको लगानीमा काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा पाँचओटा ठूला होटेल सञ्चालन गर्ने भएको छ । ग्रूपका अनुसार काठमाडौंको सुन्धारामा अपार्टमेन्ट होटेल निर्माण भइरहेको छ । निर्माणको काम ८० प्रतिशतभन्दा बढी सकिइसकेको कम्पनीले जानकारी दिएको छ ।

त्यस्तै, काठमाडौंमा नै बुटिक होटेल सञ्चालनको तयारी भइरहेको छ । छिटै ठाउँ निश्चित गरी निर्माणको काम अघि बढाइनेछ । सखुवासभाको तुम्लिङटारमा आन्तरिक पर्यटकलाई लक्षित गरेर होटेल सञ्चालनको गरी सकिएको छ भने काभ्रेपलान्चोक जिल्लाको काभ्रे, बनेपा, धुलिखेलमध्ये एउटा क्षेत्रमा समेत सञ्चालनको तयारी भइरहेको छ ।

ठाउँ निश्चित गरेर सुमार्गी ग्रूपले उक्त क्षेत्रमा छिटै रिसोर्ट सञ्चालनमा ल्याउने बताएको छ । पोखराको साराङ्कोटमा समेत बुटिक होटेल सञ्चालनको तयारी अघि बढिसकेको छ ।

वैदेशिक लगानी, कम्पनीले विभिन्न क्षेत्रमा गरेको नाफा, विभिन्न बैंक तथा वित्तीय संस्थाबाट सहयोग लिई हस्पिटालिटी क्षेत्रको प्रोजेक्टमा लगानी अघि बढाइएको सुमार्गी ग्रूप अफ इन्डस्ट्रिजका बोर्ड अफ डाइरेक्टर अरूणराज सुमार्गीले जानकारी दिए ।

उनका अनुसार नेपालमा हस्पिटालिटी क्षेत्रलाई जोडतोडले अघि बढाई रोजगारीका अवसरलाई समेत बृहत्तर रूपमा बढाउने कम्पनीको उद्देश्य हो ।

आन्तरिक तथा बाह्य पर्यटक दुवैलाई लक्षित गरेर होटेल सञ्चालनको तयारी तीव्र गतिमा भइरहेको छ । सञ्चालनमा ल्याउन लागिएका होटलहरू डिलक्स र बुटिक स्तरका हुने बताइएको छ ।

नेपालको अर्थतन्त्र उत्पादनमुखी बन्न नसकेको अवस्थामा आन्तरिक र बाह्य पर्यटनबाट अर्थतन्त्र उकास्नुपर्ने आपूmहरूको मान्यता रहेको र त्यहीअनुसार पर्यटक आकर्षण गर्नेगरी सेवाक्षेत्रमा आफूहरूले लगानी बढाउँदै लैजाने सुमार्गीले बताए ।

‘महामारीको कारणले धेरै मान्छे ‘उकुसमुकुस’ भएर घरभित्रै थुनिन बाध्य छन्, कोभिड मत्थर हुनेबित्तिकै मान्छेहरूको घुमघाम बढ्नेछ र पर्यटन क्षेत्र चलायमान हुनेछ । त्यसैले हस्पिटालिटी क्षेत्रमा लगानी गरिएको हो,’ उनले भने । सिमेन्ट, हाइड्रोमा लगानी गर्दै आएको यो समूहले कोरोना महामारीका बेला शुरू गरिएको निर्माणको काम महामारी मत्थर हुँदासम्म सम्पन्न भई होटेलहरू सञ्चालनमा ल्याउने तयारी छ ।

हस्पिटालिटी क्षेत्रमा लगानी गर्ने सोच पहिलेदेखि नै भए पनि वैदेशिक लगानी ल्याउने क्रममा विभिन्न बाधा खेप्नुपर्दा अवरोध सृजना भएको उनी बताउँछन् । आजको आर्थिक अभियान दैनिकमा खबर छ l