बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कांग्रेस संसदीय दलको बैठक बस्दै, भोलिदेखि सुरु हुने संसद बैठकमा पेश हुने रणनीति तय गर्ने

मंगलबार, भाद्र २२ २०७८

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ। भोलिदेखि संसद अधिवेशन सुरु हुने भएकाले कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

बैठक दिउसो २ बजे नयाँबानेश्वरिुथत संसद भवनमा बोलाईएको छ । संसद अधिवेशनमा प्रस्तुत हुने रणनीति बनाउनका लागि कांग्रेसले बैठक बोलाएको हो ।  

कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालका अनुसार दलको बैठकमा संसदमा सत्तारुढ दलका सांसदले खेल्नुपर्ने भूमिका, बजेट, अध्यादेश लगायतका विषयमा सांसदहरुलाई जानकारी दिने, छलफल गर्ने र आगामी रणनीतिका बिषयमा छलफल गर्ने कार्यतालिका छ ।