काठमाडौं । शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयले गम्भिर ध्यानाकषर्ण भएको जनाएको छ ।
राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थ मन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोनमा कुराकानी गर्नुभएको छ ।
कुराकानीका क्रममा अर्थ मन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेका छन् । मन्त्री शर्माले समस्या पहिचान गरी तत्कालै सुधार गर्न निर्देशन दिएका हुन् । उनले बजारको समस्यालाई लामो समयसम्म छोडी दिदा सर्वसाधारणको पूँजी डुब्ने तर्फ सचेत गराए । जवाफमा गभर्नर अधिकारीले प्रक्रिया मिलाएर परिस्थिति सहज बनाउन राष्ट्रबैंकले काम सुरु गरेको बताए ।