शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

प्रभु बैंकमा जसले बनाए, एक खर्ब ६४ अर्ब ८३ करोड रुपैयाँ निक्षेपको जग

आइतबार, भाद्र २० २०७८

काठमाडौ, भदौ २० । सञ्चालनमा रहेका २७ वटा बाँणिज्य बैंकहरु मध्येमा बित्तीयरुपमा निकै नै बलियो र सवल बैंक प्रभुु बैंक कुुनै समय बिकास बैंक रुपमा रहेको थियो । स्थापनाकादेखि नै प्रभुुसंग जोडिएको सञ्चालक एवं व्यवस्थापन समिती, सिंगो कर्मचारी संयन्त्र, आम सेयरधनी, ग्राहक, शुुभचिन्तक नियमनकारी निकाय नेपाल राष्ट्र बैंक सबैको सामुुहिक प्रयासले प्रभु बैंकले आजको यो ईतिहाँस रचेको हो । अथवा भनौं प्रभुु बैंक आजको यो अवस्थामा आईपुुगेको हो । 
प्रभुु बैंकको अहिले देशभर दुुई सय १४ वटा शाखा, ५७ वटा एक्सटेन्सन काउन्टर, एक सय ८९ वटा एटिएम काउन्टर रहेकाछन । प्रभुु बैकले अहिले देशभर १५ लाख भन्दा बढीलाई प्रत्यक्षरुपमा बित्तीय सेवा उपलब्ध गराईरहेको छ ।

प्रभुु बैंक बिशेष गरी तत्कालीन ग्राण्ड बैंक नेपाल लिमिटेड, किष्ट बैंक लिमिटेड, प्रभु बिकास बैंक, गौरीशंकर डेभलपमेन्ट बैंक र जेनिथ फाईनान्स समेत गाभिएर बनेको बैंक हो । यदि यो बैंकको सञ्चालक समिती सही थिएन भने व्यवस्थापन समिती सही थिएन भने, यि दुुई वटै समुहमा बैंकलाई अगाडि लैजाने स्पष्ट दृष्टिकोण थिएन भने सायद प्रभुु बैंक अहिलेको अवस्थामा आउन सक्ने थिएन होला । प्रभुु बैंकलाई यो उचाईमा ल्याउनको लागि बैंक व्यवस्थापन प्रमुुखकोरुपमा प्रमुुख कार्यकारी अधिकृत अशोक शेरचनको निकै नै ठुुलो हात रहेको छ । 

बैंकमा प्रमुुख कार्यकारी अधिकृतकोरुपमा रहेका शेरचनको दुरदर्शी दृष्टिकोण, कर्मचारी मैत्री चरित्र, सबैसगं मिल्ने स्वाभाव भएकै कारण बैंकले यो उचाई हाँसिल गरेको हो । नियमनकारी निकायले जारी गरेका ऐन नियमको परिधि भित्र रहेर शेरचनले बैंकको व्यवस्थापकीय बागडोर सम्हाल्दै आएकाछन । सोही बागडोरका कारण बैंकमा निक्षेप एक खर्ब ६४ अर्ब रुपैयाँ भन्दा बढी पुुगेको छ । बैंकले आर्थिक बर्ष २०७७–०७८ मा दुई अर्ब एक करोड १६ लाख ५३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा एक अर्ब १९ करोड ४२ लाख दुुई हजार रुपैयाँ रहेको थियो । 
हाल चुक्ता पुंजी ११ अर्ब ३४ करोड ७० लाख ५७ हजार रुपैयाँ रहेको बैंकले आव २०७७–०७८ मा एक खर्ब ६४ अर्ब ८३ करोड २१ लाख ५४ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३५ अर्ब १७ करोड १२ लाख सात हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच अर्ब दुुई करोड १६ लाख ५३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दसमलव ६८ प्रतिसत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दसमलव ६५ प्रतिसत स्प्रेड दर रहेको बैंकको बितरणयोग्य नाफा भने एक अर्ब ४८ करोड २४ लाख ७३ हजार रुपैयाँ रहेको छ । 

अघिल्लो आवको सोही अवधिमा भने बैंकले एक अर्ब २८ अर्ब ७४ करोड सात लाख ७१ हजार रुपैयाँ निक्षेप संकलन गरी ९९ अर्ब ३९ करोड ७२ लाख २४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार अर्ब ५२ करोड नौ लाख ५७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन दसमलव ५७ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दसमलव ५७ प्रतिसत रहेको थियो । 
अहिले बैकिङ क्षेत्रमा प्रतिस्पर्धा निकै नै बढेर गएको छ । यो बिचमा प्रतिस्पर्धा स्वच्छ हुुन पर्छ, स्वच्छ बित्तीय प्रतिस्पर्धामा नै बैंकिङ क्षेत्रको भविस्य सुनिश्चित हुुन्छ भन्ने मान्यता राख्ने प्रमुख कार्यकारी शेरचनले आगामी समय बैंकले निकै नै अगाडि लान सक्छन भन्ने बिश्वास प्रभुु बैंकका आम सेयरनधीहरुको रहेको छ । यि सबै सेयरधनीलाई लगानी अनुसारको प्रतिफल दिन प्रभुु बैंकको व्यवस्थापन पक्ष दृण संकल्पका साथ लागि रहेको छ ।

प्रभुु बैंक बलियो हुुनुु भनेको प्रभुु संग जोडिएका आम सेयरधनी, कर्मचारीहरु, ग्राहकहरु बलियो हो । यो सबै बलियो भएको खण्डमा थोरै भएपनि मुुलुुकको आर्थिक समृद्धिमा प्रभुुको योगदान ठुुलो रहने छ । 

प्रभुु कै कारण मुुलुकले आर्थिक समृद्धिका रेखाहरु कोर्र्नेेछन । त्यो रेखा प्रत्येक ग्राहककको घरघर, गाउँगाउँ, टोलटोलमा पुग्ने छ । जसले प्रभुु बैंकबाट नै कर्जा लिएर आर्थिक समृद्धि हाँसिल गरेकाछन र गर्नेछन । यो दृण संकल्प प्रभुु बैंकको हो, प्रभुु बैंक परिवारको हो । अनि यसको व्यवस्थापकीरुपमा नेतृत्व गरिरहेका प्रमुुख कार्यकारी अशोक शेरचनको हो ।