काठमाडौँ । साताको पहिलो कारोबार दिन ५ दशमलव शून्य ३ प्रतिशतले बजार घटेपछि कारोबार स्थगित भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले बजार घटेपछि ४० मिनेटको लागि कारोबार स्थगित गरेको छ । यो दिन नेप्से परिसूचक २७७९ दशमलव ६८ मा विन्दुमा झरेको हो । दुई घण्टाको अवधिमा बजार ५ दशमलव शून्य ३ प्रतिशत घटेसँगै अव बजार ४० मिनेटका लागि स्थगित भएको हो ।
उक्त अवधिमा कारोबारमा २१५ ओटा कम्पनीमध्ये ६० ओटा कम्पनीको शेयरमूल्य नकारात्मक सर्किट लेबलमा घटेको छ भने सो अवधिमा रू. ७ अर्ब १९ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।
पछिल्लो एक वर्षको अवधिमा यो दोस्रो पटक नकारात्मक सर्किट लागेको लगानीकर्ताहरुले बताएका छन् ।