शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सानिमा बैंकद्वारा तीजको अवसरमा विशेष योजना सार्वजनिक

शनिबार, भाद्र १९ २०७८

काठमाडौँ l हिन्दू महिलाहरुको विशेष पर्वतीजको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि विशेष योजना सार्वजनिक गरेको छ ।

योजना अन्तर्गत नारी बचत खाता खोल्दा निःशुल्क डेबिट, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, मेरो शेयर, डिम्याट खाताका साथै लकर सुविधामा ७५ प्रतिसतसम्म छुट प्रदान गरिने बैंकले जानकारी दिएको छ । यसका साथै पहिलो पस कारोबारमा १० प्रतिसत वा पाँच सय रुपैयाँ सम्मको क्यासब्याक प्रदान गरिने छ ।

यसका अतिरिक्त पाँच सय रुपैयाँ बराबरको एनसेल सिमकार्ड उपलब्ध गराउनुका साथै अमेरिकी डलर ई कार्ड निःशुल्क जारी गरिने छ । बैंकका अनुसार यो योजना भाद्र ३१ गतेसम्म सानिमा नारी बचत खाता खोल्नु हुने महिला ग्राहकवर्गहरुका लागि उपलब्ध हुनेछ ।

बैंकले प्रत्येक नारी बचत खाताबापत बैंकको तर्फबाट मासिक एक रुपैयाँको दरले नारी सामाजिक कोषमा रकम जम्मा गरी सामाजिक कार्यमा खर्च गर्दै आएको छ ।

उक्त कोष अन्तर्गत हाल पाटन अस्पतालबाट निम्न आर्थिक अवस्था भएका महिलाहरुका उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराइदै आएको छ । बैंकको देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९६ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।