काठमाडौं, भाद्र १८ । प्रदेश–२ को संसदमा मुल पार्टी एमाले भन्दा नव गठित नेकपा एकीकृत समाजवादी ठूलो भएको छ ।
एमालेसँग प्रदेश सभामा एमालेका २१ सांसद थिए । तीमध्ये ११ जनाले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेपछि एमाले १० सिटमा खुम्चिएको हो ।
प्रदेश सांसदहरू शत्रुधन महतो, मञ्जु यादव, चन्द्रसेन प्रसाद श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, बेची लुंगेली, रवीन्द्र बैठा, हसिमा खातुन, अशोक यादव र प्रमोद यादवले एकीकृत समाजवादी रोजेका छन् ।
यसअघि नेपाल समूहमा खुलेका सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले सनाखत गर्न बाकी छ । उनीहरु पनि एकीकृत समाजवादीमा आउने बताइएको छ ।