काठमाडौं । आज बिहिबार ४ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । उक्त कम्पनी मध्य २ हाइड्रो पावर र दुई म्युचुअल फण्ड रहेको छ ।
ङादी ग्रुप पावर, अपि पावर, एनएमबि हाइब्रिड फण्ड एल १ र एनएमबि फिफ्टीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ l
ङादी ग्रुप पावरको आज भदौ १७ गते सम्म कायम सेयरधनीहरुले मात्र सभा भाग लिन र लाभांश दाबी गर्न सक्नेछन् ।
कम्पनीको ८ औं साधारणसभा २०७८ असोज ३ गते विहन ९ बजे हुनेछ । सभा क्विन्स क्याफे, अनामनगर, काठमाडौंमा हुनेछ ।
सभाले संचालन समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७७७८ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर र १।०५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी, कम्पनीले बोनस सेयर जारी पश्चात कायम हुने चुक्तापुँजीको ७० करोड ६९ लाख २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी अपि पावर कम्पनीको पनि आज भदौ १७ गते सम्म कायम सेयरधनीहरुले मात्र सभा भाग लिन र लाभांश दाबी गर्न सक्नेछ । कम्पनीको १८ औं साधारणसभा २०७८ भदौ २५ गते विहन ११ बजे हुनेछ । सभा कम्पनीको प्रधान कार्यालयबाट भर्चुअल माध्यमबाट हुनेछ ।
सभाले संचालन समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७७-७८ को मुनाफाबाट १०.५ प्रतिशत बोनस सेयर र ०.५५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले बोनस सेयर जारी पश्चात कायम हुने चुक्तापुँजीको १ः०.३९३६ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी एनएमबि हाइब्रिड फण्ड एल १ र एनएमबि फिफ्टी नामक म्युचुअल फाण्डको पनि लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेकोछ।
योजना व्यवस्थापक एनएमबि क्यापिटले एनएमबि हाइब्रिड फण्ड एल १ को इकाइधनीलाई २० प्रतिशत लाभांश र एनएमबि फिफ्टीको इकाइधनीलाई ३० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।