शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

महालक्ष्मी विकास बैंक र सम्यक डायगनोस्टिकबिच सम्झौता

बिहिबार, भाद्र १७ २०७८

काठमाडौँ l महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्यक डायगनोस्टिक  प्रा. लि. सँग सम्झौता गरेको छ ।

उक्त सम्झौता अनुसार ग्राहकहरुले सम्यक डायगनोस्टिक प्रा. लि.को प्रयोगशालामा स्वास्थ्य परिक्षण गराउँदा १० प्रतिसत आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

देशका १०३ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म डिजिटल बैंकि मार्फत कारोबार गरी आफु सुरक्षितभई अरुलाई पनि सुरक्षित राख्न हार्दिक अपिल पनि गरेको छ ।