शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

अपागंता भएकाहरुलाई आईपीओमा १० प्रतिशत सुनिश्चितता गर्न माग

बिहिबार, भाद्र १७ २०७८

काठमाडौँ l अपाङ्गता भएकाहरूलाई आईपीओमा १० प्रतिशत हिस्सा सुनिश्चितताको माग गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आङ छोङ्बा शेर्पाले अपाङ्गता व्यक्तिहरूलाई आईपीओमा १० प्रतिशत हिस्सा छुट्टाएर सुनिश्चितता गर्न माग गरेका हुन् । 

शेर्पाले म्युच्युअल फण्ड, कर्मचारीलाई पनि आईपीओको प्रतिशत छुट्टाईएको भन्दै अपांगहरुलाई पनि केही प्रतिशत छुट्याउन माग गरे ।

उनले भने,‘म्युच्युअल फण्ड तथा कर्मचारीलाई आईपीओको प्रतिशत छुट्याईएका छ, तर अपांगहरुलाई छैन, हामीलाई पनि पाँच देखि १० प्रतिशतसम्म छुट्टाउनुपर्छ ।’

उनले धेरै संघ-संस्थाहरुले विदेशबाट रकम ल्याएर आफ्नो दानापानीको व्यवस्था गर्ने भएकोले आफु कुनै संघ-संस्थामा आवद्ध नभएको समेत बताए । शेर्पाले उमेरमै आईपीओ बारेमा जानकारी पाउने मौका नपाएको भन्दै आधा उमेर बितेपछि बुझेर सबै अपांगहरुको लागि केही गर्न खोजेको बताए ।