शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

इपिएल असोज ९ गतेबाट, विजेतालाई ५० लाख

बुधबार, भाद्र १६ २०७८

काठमाडौं, भाद्र १६ । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग इपिएल टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेता टोलीले  ५० लाख रुपैया नगद प्राप्त गर्ने भएको छ। आगामी असोज ९ देखि २३ गतेसम्म चल्ने सो  प्रतियोगिताको विजेताले  ५० लाख रुपैया तथा उपविजेताले  १५ लाख प्रदान गर्ने आयोजक इपिएल प्रालिले जनाएको छ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। इपिएलले यो संस्करणबाट पुरस्कार राशिमा दोब्बरले वृद्धि गरेको हो ।

अघिल्लो संस्करणको फाइनलमा ललितपुरले भैरहवालाई पराजित गर्दै उपाधि जितेको थियो। प्रतियोगितामा विभिन्न ६ शहरका फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।  प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिईसकेको छ ।