शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

महाधिवेशनमा सभापति देउवालाई हराउने को ?

बुधबार, भाद्र १६ २०७८

काठमाडौं, भाद्र १६ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले अहिलेसम्म आफ्नो पक्षबाट सभापतिकालागि साझा उम्मेद्वार चयन गर्न सकेको छैन । बरिष्ठ नेता रामचन्द्र पौडेलको निवासमा बसेको बैठकले साझा उम्मेद्वार चयन गर्ने विश्वास गरिएको थियो ।

उम्मेद्वार बाट हट्न कोही पनि तयार नभएपछि बैठक निश्कर्ष विहिन भएको हो ।  आउँदो १४औँ महाधिवेशमा शेरबहादुर देउवालाई पराजित गर्न संस्थापन इतर समूहबाट एउटा मात्रै उम्मेद्वार हुनुपर्नेमा पौडेल समूहमा  एक मत भएपनि कोही पछि नहटेपछि हिजोको प्रयास विफल भएको छ ।  

बैठकमा पौडेलसहित महामन्त्री सशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला, अर्जुननरसिंह केसी र बलबहादुर केसी सहभागी हुनुहुन्थ्यो । केसीद्वयले आफैँ सभापतिको उम्मेद्वार हुनुपर्ने अडान खरो रुपमा नराखे पनि बाँकी चार नेताले आफूले मात्र देउवालाई पराजित गर्न सक्ने भन्दै समर्थनका लागि आग्रह गरेका छन् । 

संस्थापन पक्षमै रहेका उपसभापति विमलेन्द्र निधिले सभापतिमा उठ्ने घोषणा गर्दै तयारी तीव्र बनाइसक्नु भएको छ । मंसिरमा हुने कांग्रेसको महाधिवेशनमा फेरि पनि देउवाले दोहरिने चाहना राखेका छन् ।