ललितपुर, l पञ्चकन्या ग्रुपले आफ्नो ४९ औं वार्षिकोत्सव तथा ग्रुपका अध्यक्ष प्रेम बहादुर श्रेष्ठको ९ औं जन्मोत्सव यही २०७८ भाद्र १५ गते एक कार्यक्रमको आयोजना गरी मनाएको छ ।
सो कार्यक्रममा वर्षभरीमा बढी बिक्री गर्न सफल स्टील, प्लाष्टिक र प्रोफाईल, एस.एस. वाटर ट्याङ्क, एल.जि.एस., रेडिमिक्स कंक्रिट, बिटुमिन, सिलिण्डर तथा हेभी इक्विपमेन्टका डिलरहरुलाई पुरस्कार, प्रशंसा–पत्र तथा उपहारबाट सम्मानित गरिएको थियो ।
यस अन्र्तगत वर्षभरी पञ्चकन्या डन्डी बिक्री गरी प्रथम हुने न्यू बज्रयोगिनी ट्रेडर्स, कलंकी, काठमाडौं, दोस्रो हुनेमा पञ्चकन्या आइरन स्टोर, जनकपुर र तेस्रो हुनेमा बेबी इन्टरप्राइजेज, जनकपुर त्यसैगरी प्लास्टिक डिभिजन अन्र्तगत प्रथम हुने मयुर फौसेट्स, काठमाडौं, दोस्रो किसान ट्रेडिङ्ग, बुटवल, तेस्रो प्रसन्न ट्रेडलिङ्क एण्ड सप्लायर्स, बुटवल, साथै एसएस ट्याङ्क विभाग अन्र्तगत प्रथम हुने मयुर फौसेट्स, काठमाडौं, दोस्रो किसान ट्रेडिङ्ग, बुटवल, तेस्रो पञ्चकन्या सप्लायर्स, बुटवल त्यसैगरी रुफिङ्ग डिपाट्मेन्ट अन्र्तगत प्रथम स्थान हुने किसान ट्रेडिङ्ग, बुटवललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा ईम्प्लोइ अफ द इयरबाट प्रजन ताम्राकार, आई.टि विभाग र म्यानेजर अफ द इयर भरत खत्री, स्टील विभागलाई र मस्ट प्रोमिसिङ्ग अवार्डबाट अलिना श्रेष्ठ, कमल सुवेदी, प्लास्टिक विभाग, असिम धिताल हाइड्रो विभाग र अजय शर्मा प्रशासन विभागलाई सम्मान गरियो । त्यसैगरी स¥ह्रानीय कार्य गर्ने तथा लामो समय सेवा अवधी पूरा गरेका कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो ।

त्यसैगरी राम्रो कार्य गर्ने अन्य कर्मचारीहरुलाई समेत प्रसंशा–पत्र, पुरस्कार र प्रमाण–पत्रबाट सम्मानित गरियो । उक्त कार्यक्रममा ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको सु–स्वास्थ्य, दिर्घायू कामना गर्दै पञ्चकन्याको विगत र हालसम्मको औद्योगिक यात्रा तथा बजारमा निरन्तर गुणस्तरीय उत्पादन ल्याउन सक्षम रहेको बारे चर्चा गरियो । साथै संचालकज्यूहरुले आफ्नो संलग्नता र ग्रुपको उद्देश्य, अवधारणा, भावी कार्य योजना, मूल्य मान्यता र हासिल गरेका उपलब्धीहरु बारे मन्तव्य व्यक्त गरेका थिए ।