काठमाडौँ । विवाद बढेपछि सत्ता साझेदार नेकपा माओवादी केन्द्रले समेत भातृ संगठन योङ कम्युनिष्ट लीग (वाईसीएल) नयाँ नेतृत्व चयन गर्न सकेन ।
तीन दिनदेखि राजधानीमा जारी वाईसीएलको सम्मेलनमा नयाँ नेतृत्वका लागि तीव्र विवाद भएपछि माओवादीले सोमबार हस्तक्षेप गरेको थियो । सोमबार पेरिसडाँडामा बसेको माओवादी स्थायी समितिको बैठकले वाईसीएलको नेतृत्व छान्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो । सोमबार बसेको स्थायी समिति बैठकले प्रचण्डलाई नेतृत्व चयन गर्ने जिम्मेवारी प्रचण्डलाई दिएको थियो । नयाँ अध्यक्षका लागि उपाध्यक्ष सुमन देवकोटा, महासचिव सुवोध शेर्पाली र यशोदा न्यौपाने दौडमा थिए।
माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपालले अध्यक्ष नचुनी नयाँ केन्द्रीय समिति घोषणा गर्ने भएको छ । राष्ट्रिय भेला अन्तर्गत अहिले जारी बन्द सत्रबाट केन्द्रीय समिति घोषणा हुने र सोही समितिले पछि पदाधिकारी चयन गर्ने वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा) ले जानकारी दिए ।
वाइसिएलको नयाँ अध्यक्षमा सुमन देवकोटा र सुवोध सेर्पालीले दाबी गर्दै आएका छन् । सहमति जुटाउने प्रयासमा पार्टीका नेताहरु र वाइसिएल पदाधिकारी सक्रिय छन् ।
सहमतिको प्रयासमा मंगलबार बिहान वाइसिएल नेताहरु पार्टी अध्यक्ष प्रचण्डसँग छलफल गर्न खुमलटारस्थित निवासमा पुगेका थिए । ‘छलफलमा अहिले केन्द्रीय सदस्यहरु मात्र घोषणा गरेर भेला टुंग्याउने कुरा भयो,’ वाइसिएलका एक नेताले भने, ‘पछि पार्टी अध्यक्ष प्रचण्ड पनि सहभागी हुने त्यो केन्द्रीय समितिको बैठकले नयाँ नेतृत्व चयन गर्नेछ ।’
नयाँ नेतृत्व चयनका लागि वाइसिएलको राष्ट्रिय भेला भर्चअुल विधिबाट भदौ १२ गतेदेखि सुरु भएको थियो । नयाँ नेतृत्व चयन गर्दै भदौ १३ गते नै भेला सक्ने योजना थियो । तर नेतृत्वको विषय टुंगो नलाग्दा भेला पनि लम्बिएको छ ।