शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

पैसाको नोट जलाएर ब्रिकेट बनाईदै, वर्षेनी ४५ अर्वसम्मका नोट जलाईने

मंगलबार, भाद्र १५ २०७८

काठमाडौं, भाद्र १५ । नेपाल राष्ट्र बैंकले प्रचलनमा ल्याउन नमिल्ने झुत्रो, मैलो, पुरानो तथा च्यातिएका नोटबाट  ब्रिकेट बनाएर बेच्ने भएको छ ।  

नेदरल्यान्डस्बाट पहिलोपटक भित्र्याइएको सो प्रविधिको प्रयोगबाट प्रचलनमा ल्याउन नमिल्ने नोटलाई भट्टीमा डढाएर निस्कने खरानीबाट इन्धनका रूपमा प्रयोग हुने ब्रिकेट बनाउन थालिएको छ ।  

चलनचल्तीमा ल्याउन नमिल्ने नोटलाई विगतमा जलाएर नष्ट गरिन्थ्यो ।

नेदरल्यान्डबाट ल्याइएका चार मेशिनबाट पहिलो चरणमा काठमाडौँ, विराटनगर, वीरगञ्ज र नेपालगञ्जमा  ब्रिकेट उत्पादन गरिने नेपाल राष्ट्र बैंकले जनाएको छ ।  

सो मेशिनबाट काठमाडौँमा ब्रिकेट उत्पादन गर्न सुरु भइसकेको छ भने आजै नेपालगञ्जबाट पनि सुरु हुदै छ ।

नोट जलाएर उत्पादन गरिएका ब्रिकेटलाई इँटाभट्टा वा कोइला प्रयोग हुने उद्योग, कारखानादेखि घरायसी प्रयोजनमा ल्याउन सकिने छ ।

बैंकले प्रतिवर्ष करिब रु ४०–४५ अर्बको नोट नष्ट गर्दै आएको छ।