शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

विवेकशील साझामा रबिन्द्रको ‘कु’

मंगलबार, भाद्र १५ २०७८

काठमाडौँ l  विवेकशील साझा पार्टीका अध्यक्ष रबिन्द्र मिश्रले तत्कालीन विवेकशील नेपाली दलसँग भएको एकीकरण संझौता विपरीत संयोजकसँग परामर्श नगरी एकल रुपमा केन्द्रीय समिति बैठकको आह्वान गरेर विवेकशील साझा पार्टी भित्र ‘कु’ गरेका छ l

सोमबार सामाजिक संजाल मार्फत विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य महेश पाठकले मिश्रद्वारा विवेकशील साझा पार्टी भित्र ‘कु’ गरिएको आरोप लगाएका हुन् l

उनले मिश्रको उक्त कदमको भत्सर्ना गर्दै आक्रोश पूर्ण भाषामा लेखेका छन् ‘मिश्र जीले बैठक आह्वान गर्दा प्रयोग गर्नुभएको भाषाले माघ १९ मा ज्ञानेन्द्र शाहले बोलेको कुरा कै झल्को दिएको छ। ज्ञानेन्द्र शाहको ‘कु’ त टिकेन। मिश्र जीको ‘कु’ पनि टिक्ने छैन।’

उनले मिश्रको पार्टी एकताघाती कदमको घोर भत्सर्ना गर्दै एकल रुपमा बोलाइएको केन्द्रिय समिति बैठक बहिष्कार गर्न साथै उक्त ‘कु’ को प्रतिकारमा उत्रन सबैलाई आह्वान गरेका छन् l

मिश्रको यस कदमले विवेकशील साझा पार्टी पुन: फुटको संघारमा पुगेको अनुमा लगाउन सकिन्छ l