शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सानिमा लाईफको आईपीओ आयो डिम्याट खातामा, कारोबार कहिलेबाट ?

सोमबार, भाद्र १४ २०७८

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ डिम्याट खातामा सोमवारदेखि जम्मा भएको छ ।

कम्पनीको आईपीओ एसएलआई स्टक कोडबाट डिम्याट खातामा देखिएको हो ।धितोपत्रको दोस्रो बजारमा सूचीकरण प्रक्रियामा रहेको उक्त कम्पनीको दोस्रो बजारमा यसैसाता नेपाल स्टक एक्सचेञ्ज(नेप्से) सँग सम्झौता भएपछि कारोबार शुरु  हुनेछ ।

कम्पनीको आईपीओले पहिलो कारोबारको लागि १०३ रुपैयाँ १७ पैसादेखि ३०९ रुपैयाँ ५१ पैसा मूल्य रेञ्ज पाउने देखिएको छ ।

कम्पनीको आईपीओ साउन ३० गते बाँडफाँट सम्पन्न भएको थियो । कम्पनीले गत साउन २० गतदेखि साउन २४ गतेसम्म ६० लाख कित्ता आईपीओ  विक्री गरेको थियो ।