शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

एमालेले कारबाहीको सिफारिस गरेका १४ सांसदको पद जोगियो

सोमबार, भाद्र १४ २०७८

काठमाडौं, भाद्र १३ । नेकपा एमालेले कारबाहीका लागि सिफारिस गरेका १४ सांसदलाई कारबाही नहुने भएको छ ।  सभामुख अग्निप्रसाद सापकोटाले उनीहरुमाथि कारबाही नगर्ने निर्णय गरेसगै उनीहरुको पद जोगिएको छ ।  निर्वाचन आयोगले १४ जना सांसदसहित नयाँ दल गठन भइसकेको जानकारी दिएकाले उनीहरुमाथि कारबाही गर्न नमिल्ने संसद सचिवालयले जनाएको छ ।

 एमालेले कारबाहीको सिफारिस गरेका १४ सांसदसहित नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भइसकेको अवस्थामा राजनीतिक दल र अन्य कानुनअनुसार उनीहरुलाई कारबाही गर्न नपर्ने सभामुखको निश्कर्ष छ । 

पार्टीको ह्विप नमानेको भन्दै यही भदौ १ गते एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहितका १४ जना सांसदलाई कारबाही गर्ने निर्णय गर्नुभएको थियो । यसअघि  सर्वोच्च अदालतले पनि पार्टीको ह्विप नमानेकै कारण सांसदहरूलाई कारबाही गर्न नमिल्ने फैसला गरिसकेको छ ।