काठमाडौं । नेप्सेमा भिषण पहिरो गएको छ । साताको पहिलो कारोवार दिन आज आईतबार नेप्से ४९ दसमलव १८ अंकले घटेर तीन हजार ४४ दसमलव ८६ अंकमा पुग्दा सेन्सिटिभ पनि आठ दसमलव ५७ अंकले घटेर पाँच सय ६२ दसमलव ८८ अंकमा पुगेको छ ।
दुई सय २७ वटा कम्पनीहरुको एक लाख ५९ हजार एक सय ३७ पटकको कारोवारमा दुई करोड ४८ लाख ८८ हजार तीन सय १३ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार पाँच सय पाँच रुपैयाँ पुगेको छ ।
आज १३ वटा समुहको कारोवार भएकोमा फाईनान्स समुहको सुचक सामान्य अंकले बढेपनि बाँकी १२ वटा समुहको सुचक उच्च अंकले घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ३० दसमलव पाँच अंकले घटेर १९ सय ९५ दसमलव दुई अंकमा झरकेमा जलबिद्युत समुहको सुचक पनि ८९ दसमलव २६ अंकले घटेर तीन हजार पाँच सय ९३ दसमलव ५६ अंकमा झरेको छ ।
यसैगरी बिकास बैंक, निर्जिवन बीमा, लघुुबित्त, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नारायणी डेभलपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा रुरु जलबिद्युत परियोजना परेको छ । यसैगरी आज बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा अरुण भ्याली हाईड्रो पावर कम्पनी परेको छ ।