शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

बामदेबलाई उपप्रधानसहित गृह- मन्त्रालय !

आइतबार, भाद्र १३ २०७८

काठमाडौँ l सार्वजनिक रुपमै माधव नेपालको नेकपा एकीकृत समाजवादी पार्टीमा जाने बताएका बामदेब गौतमले औपचारिक रुपमा नेकपा एमाले पार्टी परित्याग गरेका छैनन् ।

बामदेवले पार्टी छोड्न ढिलो गर्नाले देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेको ४७ दिन बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन ।  यदि नेपाल समूह सरकारमा सहभागी भएमा बामदेब गौतमलाई उपप्रधानसहित गृहमन्त्री बनाउने योजना माधव नेपालको रहेको छ ।

साथै रामकुमारी झाँक्री लगायतका माधव समुहका चर्चामा रहेका धेरै नेताहरु मन्त्री अवश्य बन्छन् । नेपाल समूह सरकारमा सहभागी भएमा शिक्षामन्त्री मन्त्री रामकुमारी झाँक्री नै हुने चर्चा पनि चलेको छ ।

यसअघि प्रधानमन्त्री देउवाले माओवादी केन्द्रलाई दुई मन्त्रालय दिइसकेका छन् । माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जामन्त्री भइसकेका छन् । यस्तै नेपाली कांग्रेसबाट बालकृष्ण खाँड गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की कानुन तथा न्याय मन्त्री बनिसकेका छन् । केहि दिनमा सबै मन्त्रालयको टुंगो लाग्ने गरि गठबन्धनले तयारी थालेको छ ।