काठमाडौं । आफ्नो साथ छाडेका एमाले नेताहरुलाई पार्टीमा आएर नेतृत्व सम्हाल्न आग्रह गरेका नवगठित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई नेकपा एमालेका सचिव योगेश भट्टराईले आफ्नैलाई अध्यक्ष बनाएर उदाहरण देखाउन भन्दै कटाक्ष गरेका छन् ।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उक्त आग्रह गरेका नेपाललाई आइतबार विहानै सामाजिक सञ्जाल ट्वीटरबाट कटाक्ष गरेका हुन l भट्टराईले आफैँसँग भएकालाई बनाएर, उदाहरण देखाइदिए झनै राम्रो हुनेथियो भन्दै नेपाललाई कटाक्ष गरेका हुन्। सामाजिक सञ्जाल ट्वीटरमा भट्टराईले लेखेका छन्, ‘राम्रो कुरा हो, स्वागत गर्दछु। आफैँसँग भएकालाई बनाएर, उदाहरण देखाइदिए झनै राम्रो हुने थियो।’