शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

यो वर्ष करिब ८ अर्बको आईपीओ खुल्दै, यस्ता छन् कम्पनीसुची !

आइतबार, भाद्र १३ २०७८

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा २० कम्पनीको आईपीओ बिक्री खुल्ने भएको छ । झण्डै पौने आठ करोड कित्ता हाराहारीको आईपीओका लागि पाँच कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेका छन् । थप १५ वटा कम्पनी आईपीओ अनुमतिको प्रक्रियामा छन् ।

सात अर्ब ८३ करोड ९० लाख ८४ हजार रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित ७ करोड ८३ लाख ९० हजार ८४ कित्ता आईपीओको यो आर्थिक वर्षमा जारी हुने प्रक्रियामा रहेको धितोपत्र बोर्डका सूचना अधिकारी रुपेश केसीले बताए ।

ipo.JPG

यी हुन् छिट्टै आईपीओ आउने पाँच कम्पनी

धितोपत्र बोर्डले गत आर्थिक वर्षमै आईपीओ जारी गर्नका लागि अनुमति जारी गरेको पाँच कम्पनीको आईपीओ छिट्टै बिक्रीमा आउँदै छ । पाँच कम्पनीको दुई अर्ब ३३ करोड ६० लाख ३६ हजार रुपैयाँ बराबरको दुई करोड ३३ लाख ६० हजार ३६ कित्ता आईपीओ एक/दुई महिनाभित्रै बिक्रीमा आउँदैछ ।

जसमा तीन वटा कम्पनी जलविद्युत, एउटा लघुवित्त र एक इन्स्योरेन्स कम्पनी छन् । जसमध्ये मैलुङ खोलको आईपीओ खुली सकेको छ l
थप १५ वटा कम्पनीको ५ करोड ५० लाख ३० हजार ४८ कित्ता आईपीओ पनि यसै वर्ष जारी हुने प्रक्रियामा रहेको धितोपत्र बोर्डले जनाएको छ । आईपीओ निश्कासनका लागि आवेदन दिएका तर प्रक्रिया नपुगेका कम्पनीहरुलाई बोर्डले आवश्यक सहजीकरण गरिरहेको बोर्डका सूचना अधिकारी केसीले बताए ।

उक्त आईपीको मूल्य ५ अर्ब ५० करोड ३० लाख चार हजार ८ सय रुपैयाँ बराबर छ । पाइपलाइनमा रहेकामध्ये १२ वटा आईपीओ जलविद्युत कम्पनीको छ । यस्तै एक इन्स्योरेन्स, एक सेवा क्षेत्र र एक लघुवित्त कम्पनी छन् ।

साथै यही आर्थिक वर्षमा थप पाँच जीवन बीमा कम्पनीको आईपीओ पनि सार्वजनिक निष्काशनमा आउने छन् । तीन वर्षअघि स्वीकृति पाएका १० जीवन बीमा र तीन निर्जीवन बीमा कम्पनीमध्ये गत आर्थिक वर्ष ७ कम्पनीले आईपीओ जारी गरेका छन् । बाँकी ६ मध्ये सानिमा लाइफ आईपीओ जारी गर्ने प्रक्रियामा छ भने अन्य पाँच कम्पनी आईपीओ जारी गर्न निवेदनको चरणमा छन् ।