काठमाडौं, भाद्र १२ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनसनमा बसेका जिल्ला सभापतिहरुलाई महाधिवेशनमा जुट्न अपिल गरेको छ । आज विहान पूर्व महामन्त्री प्रकामान सिंहको चाक्सीबारीस्थित निवासमा बरिष्ठ नेता रामचन्द्र पौडेलसहित बसेको बैठकले अनसन तोडेर अधिवेशनमा जुट्नु पर्ने निश्कर्ष निकालेको हो । हिजो साझ प्रधानमन्त्री एवं पार्टी सभापति शेरवहादुर देउवासग संस्थापन इतरका नेतासग भएको छलफलमा जिल्ला सभापतिका माग सम्बोधन गर्ने सहमति जुटेको थियो । सहमति जुटेसगै पौडेल समूहले अनसन तोड्न जिल्ला सभापतिहरुलाई आग्रह गरेको हो ।
जिल्ला सभापतिहरु बुधबारदेखि क्रियाशिल सदस्यको विवाद समाधान लगायत माग राख्दै रिले अनसनमा छन् । सभापति देउवासँग ७७ वटै जिल्लामा एकसाथ वडा अधिवेशन गर्ने सहमति भएको भोलिपल्ट पौडेलले जिल्लाका केही सभापतिहरुलाई बोलाएर ब्रिफिङ्ग गरेका हुन् ।
छलफलकालागि नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह केसी , धादिङ सभापति रमेश धमला, काठमाडौं सभापति सबुज बानियाँलगायतका नेता चाक्सीबारी पुगेका थिए । जिल्ला सभापतिहरुले क्रियाशील सदस्यको नामावली सार्वजनिक हुनुपर्ने, सबै जिल्लामा महाधिवेशन प्रतिनिधि निर्वाचित भएपछि मात्रै जिल्ला सभापतिको उम्मेदवार बन्न पाउनुपर्ने जस्ता माग राखेका छन् ।
पौडेलले सबै माग पुरा गर्न देउवा सहमत भएको जिल्ला सभापतिहरुलाई बताएका छन् । काङ्ग्रेसले यही भदौ १८ गते वडा अधिवेशन गर्दैछ, त्यसका लागि निर्वाचन अधिकृत खटिएका छन्।
आगामी मंसिर ९–१३ मा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ