काठमाडौँ l यो साता सेयर कारोवार रकम घटेको छ । पाँच कार्य दिनमा तीन कार्य दिन मात्र नेप्से खुलेका कारण पनि कारोवार रकम घटेको हो । सोही आधारमा नेप्से यो साता तीन हजार ९४ दसमलव पाँच अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि पाँच सय ७१ दसमलव ३९ अंकम पुगेको छ ।
यो साता दुई सय ३२ वटा कम्पनीहरुको चार लाख छ हजार आठ सय २३ पटकको कारोवारमा छ करोड ६६ लाख छ हजार चार सय ७९ कित्ता सेयर किनबेच हुदा कुल कारोवार रकम ४१ अर्ब ६३ करोड ८५ लाख ४६ हजार तीन सय ५६ रुपैयाँ पुगेको छ । यो कारोवार रकम गत साताको तुलनामा निकै नै कम हो ।
गत साता भने नेप्सेमा दुई सय २९ वटा कम्पनीहरुको आठ लाख ८७ हजार २१ पटकको कारोवारमा १६ करोड २२ लाख चार हजार तीन सय ८० कित्ता सेयर किनबेच हुदा कुल कारोवार रकम ९७ अर्ब ५९ करोड ६१ लाख ३७ हजार आठ सय ६६ रुपैयाँ पुगेको थियो ।
यो साता नेप्से तीन कार्यदिन मात्र खुल्ला रहेको थियो । सो मध्ये तेस्रो र चौथो दिन नेप्से घटेर पाँचौं दिन भने नेप्से बढेको थियो । बाँकी दुई कार्य दिन भने सार्वजनिक बिदा परेकाकारण नेप्से बन्द रहेको थियो ।
सोही आधारमा यो साता कारोवार खुलेको मध्ये तेस्रो कार्य दिन नेप्से ५६ दसमलव तीन अंकले घटेर तीन हजार एक सय २४ दसमलव ८७ अंकमा पुग्दा सेन्सिटिभ पनि १२ दसमलव ८१ अंंकले घटेर पाँच सय ७७ दसमलव ६६ अंकमा पुगेको थियो । यसैगरी चौथो दिन पनि नेप्से ४८ दसमलव ४२ अंकले घटेर तीन हजार ७६ दसमलव ४४ अंकमा पुग्दा सेन्सिटिभ पनि नौ दसमलव ६७ अंकले घटेर पाँच सय ६७ दसमलव ९९ अंकमा पुगेको थियो । पाँचौं दिन भने नेप्से १७ दसमलव छ अंकले बढेर तीन हजार ९४ दसमलव पाँच अंकमा चढेकोमा सेन्सिटिभ पनि तीन दसमलव चार अंकले बढेर पाँच सय ७१ दसमलव ३९ अंकमा चढेको थियो ।
नेप्सेका अनुसार यो साता बढी रकम कारोवार गर्ने कम्पनीह्रुको सुचीमा नेशनल हाईड्रो पावर कम्पनी, अरुण कावेली पावर लिमिटेड आदि परेकाछन भने सेयर कारोवार भएका संख्याको आधारमा अरुण कावेली पावर लिमिटेड आदि, नेशनल हाईड्रो पावर कम्पनी आदि परेकाछन । पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिक, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स लगायतका कम्पनीहरु अगाडि परेकाछन ।