काठमाडाैँ – इट्टा भट्टामा जिउँदै मानिसहरुलाई जलाएको अभियोगमा थुनामा रहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमले थुनामुक्त हुनका लागि दिएको निवेदनमाथिको सुनुवाई अचानक रोकिएको छ l
सर्वोच्च अदालतको पेशी नम्बर ८ मा शुक्रबार आलमविरुद्धको मुद्दाको पेशी चढेको थियो । तर, आलमको तर्फबाट बहस गर्ने कानुन व्यवसायी पुष्प पौडेल बिरामी परेपछि पेशी स्थगित भएको हो ।
२०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन जिउँदै मान्छेलाई इट्टा भट्टामा राखेर जलाएको अभियोगमा आलम थुनामा छन्।
उनले थुनामुक्त हुन दिएको निवेदनमा सुनुवाइका लागि न्यायाधीश प्रकाशमान सिंह राउत र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा पेसी तोकिएको थियो ।
आलमलाई थुनामा राख्ने जिल्ला र उच्च अदालतको आदेशविरुद्ध उनी सर्वोच्चमा गएका हुन्।
६४ सालको चुनाव प्रभावित पार्ने उदेश्यले बम बनाउने क्रममा विष्फोट भएका घाइतेलाई प्रमाण मेटाउन इट्टा भट्टामा पोलेर मारेको आरोप आलमलाई छ।