बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

उप-सभापति निधिले खोले सम्पर्क कार्यालय, सभापति देउवासँग भिड्ने निर्णय

शुक्रबार, भाद्र ११ २०७८

काठमाडौं, भाद्र ११ । नेपाली कांग्रेसमा महाधिवेशनको रन्को सुरु भएको छ । पटक पटक स्थगित गर्दै आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय भएपछि कांग्रेस नेताहरु महाधिवेशनको अभियान चलाउन थालेका छन् । उपसभापति विमलेन्द्र निधिले महाधिवेशनलाई नै लक्षित गरेर नया वानेश्वरको एउटा पार्टी प्यालेसमा सम्पर्क कार्यालयको उद्ध्घाटन गरेका छन् ।

आफ्ना शुभेच्छुक कार्यकर्ताको बाक्लो उपस्थितीमा निधिले औपचारिकरुपमा आफु सभापतिको उम्मेद्वार भएको ऐलान गरेका हुन् । संस्थापन पक्षमा रहेका निधीले सभापति शेरवहादुर देउवालाई आफुलाई सघाउन आग्रह गर्दै आएका छन् । तर सभापति शेरवहादुर देउवाले अन्तिम पटक आफै उठ्ने भन्दै तयारी गरेपछि निधीले आज सम्पर्क कार्यालयको स्थापना गरेका हुन् ।

कार्यालय स्थापनासगै निधीले देउवासगै भिड्ने निर्णय गरेका छन् । कांग्रेसको वडा अधिवेशन यहि १८ गते हुने भनिएको छ । यता केन्द्रीय कार्यालय सानेपामा जिल्लाबाट आएका सभापतिहरु भने क्रियाशील सदस्यताको विवाद सुल्झाउन माग गर्दै अनसनमा बसेका छन् ।